दफा २५
हुलाक वस्तुहरुको रजिष्टरी
: हुलाकबाट हुलाकवस्तु पठाउनेले यो ऐनको अरु दफाहरुमा
लेखिएका कुराहरुको अधीनमा रही सो हुलाक वस्तुलाई रजिष्टर गराउन सक्नेछ र त्यसको रसिद लिन सक्नेछ । साधारण हुलाकबाट पठाउँदा लाग्ने हुलाक महसुल माथि रजिष्टरी वापत लाग्ने अरु थप दस्तुर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरि तोक्न सकनेछ ।